झापामा थपिए अर्का कोरोना संक्रमित, देशभरि काेराेना संक्रमित ५२ पुगे



१४ वैशाक, काठमाडौं ।
आज झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको ह ।

कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ४१ हजार ४ सय ३६ जनामा आइडिटी परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्