रामेछापमा लकडाउन थप कडा पारिदैः जिल्लाका नाकाबाट अब यात्रु प्रवेश गर्न नदिने



१७ वैशाख, रामेछाप ।
लकडाउनलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले यात्रुवहाक सवारी साधन प्रवेशमा रोक लगाएसँगै अब जिल्लाका नाकाबाट कुनै पनि यात्रुलाई जिल्ला प्रवेश गर्न नदिइने भएको छ ।
एक साताको अवधिमा रामेछापको आठ वटा स्थानीय तहमा दस हजार भन्दा बढी नागरिकहरु प्रवेश गरेसँग अब काठमाडौमा अलपत्र मजदुर नरहेको निष्कर्ष निकाल्दै जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाभित्रको नाकाबाट गाडी र पैदल यात्रबाट आउने सबैलाई जिल्ला प्रवेश गर्न नदिने निर्णय गरेको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माकाे अध्यक्षतामा  बसेकाे विपद व्यवस्थापन समितिकाे बैठकले जिल्लाभित्र यात्रु प्रवेश गर्न थप कडाई गर्ने निर्णय गरेको हो । सांसद श्रेष्ठले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्ला प्रवेश गर्ने सबै नाकालाई कडा गरेर यात्रु प्रवेश गर्न नदिने निर्णय भएको छ ।’
अत्यावश्यक बाहेकका यात्रुवहाक सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाउने गृह मन्त्रालयको निर्देशनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने पनि बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्