प्रधानमन्त्रीको प्रस्ताव :बामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष



वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी सकिएपछि नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमाम उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि  सारेका छन् ।  । पाटीभित्रकाे विवाद चुलिएकाे बेला ओलीकाे यस्ताे प्रस्ताव अाएकाे हाे ।

नेकपामा विवाद चर्किएको बेला बुधबार साँझ बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा सुरुमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोल्न दिएका उनले बीचमा रोक्दै माधव र बामदेवबारे प्रस्ताव राखेका हुन् ।

ओलीले अहिले प्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न तयार नभएको बताएका छन् । अहिले आफूले पद त्याग्नु जगहसाइ मात्र हुने उनको तर्क छ ।

तर कोरोना भाइरसको संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउन तयार रहेको बताए । यसका लागि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर बामदेवलाई ल्याउन आफू तयार रहेको उनको भनाइ थियो ।साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर माधवकुमार नेपाललाई ल्याउने उनको प्रस्ताव थियो ।

प्रतिक्रिया दिनुहोस्