रामेछाप जिल्लाभित्र अन्य जिल्लाको तरकारी र फलफुल प्रवेशमा रोक लगाउने निर्णय



तस्बीरः नविन घिमिरेबाट

१८ वैशाख, रामेछाप ।
कोरोना भाइरसको सम्भावित संक्रमण जिल्लाभित्र फैलिन नदिन अन्य जिल्लाबाट भित्रने तरकारी फुलफुल प्रवेशमा रोक लगाउने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अन्य जिल्लाबाट भित्रने तरकारी, फुलफुल माछा मासु अण्डा र कुखुरा प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
रामेछापभित्र भारतीय सीमा नाका जोडिएका जिल्लाबाट धमाधम तरकारी र फलफुल भित्रने क्रम बढेकोप्रति मन्थलीवासीले चिन्ता व्यक्त गरेसँगै समितिले उक्त निर्णय गरेको छ रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा रामेछाप न्युजसँग भन्नुभयो,‘अब कुनै पनि जिल्लाबाट तरकारी र फुलफुल जिल्ला प्रवेश गर्न पाउन छैनन, सीमा नाकाबाटै फिर्ता पठाउछौ ।’ समितिलको निर्णयसँग रामेछापभित्र फलफुल र तरकारी खेती गर्ने किसानहरुको लागि अवसर हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्