रामेछाप जिल्लाभित्र विकास निर्माणको आयोजना सञ्चालन गर्न दिने निर्णय



१८ वैशाख, रामेछाप ।
रामेछाप जिल्लाभित्र लकडाउनको कारण प्रभावित बनेका ठूला विकास निर्माणको आयोजना सुचारु सञ्चालन हुने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभित्रका ठूला विकास निर्माणका आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रामेछापका प्रमुख जिल्ला अधिकार अध्यक्ष रहेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विकास निर्माणको काम अगाडि बढाउन अन्य जिल्लाबाट कामदार ल्याउन नपाइने निर्णय गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले रामेछाप न्युजसँग भन्नुभयो,‘जिल्लाका ठूला विकास निर्माणको आयोजना सुरक्षित ढंगले अगाडि बढाउन पाउने छन ।’

बैठकले बर्षातको समयमा आउन सक्ने बाढी, डुबान, पहिरो रोक्न बाध बाध्ने र बर्षातको समय अगाडि सम्पन्न गर्नुपर्ने भनि डेन्टर सम्झौता भएका आयोजनाहरु अगाडि बढाउन सहमति लिइ सञ्चालन गर्न पाउने भएको छ ।

आयोजना सञ्चालन गर्न बाहिरबाट श्रमिक ल्याएको अवस्थामा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुको साथै समुदायस्तरमा आवातजावत गर्न नपाइने निर्णय समितिले गरेको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गराई काम सञ्चालन गर्ने र त्यसको अनुगमन स्थानीय तहले गरी व्यवस्था मिलाइएको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्