रामेछापमा कोरोना आशकां गरिएका एक युवकको रिपोर्ट नेगेटिभ



१९ वैशाख, रामेछाप ।
कोरोना भाइरसको आशंकामा जिल्ला अस्पताल रामेछापमा  आइसोलेसनमा भर्ना गरिएका एक पुरुषको रिपोर्ट नेगेटिभ आएको छ । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्नको लागि धुलिखेल अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारत २८ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल रामेछापका कोरोना सम्पर्क व्यक्ति डा. आनन्द आचार्यले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएका कारण स्वाब परीक्षणको लागी धुलिखेल अस्पताल पठाइएको थियो । डा. आचार्यले आइसोलेसनमा भर्ना भएकी एक महिनाको रिपोर्ट आज बेलुकासम्म आउने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्