बामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने नेकपाको निर्णय



२० वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको हो । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्क्ष गौतमलाई पार्टीले उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
बामेदव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेपछि नेकपा सचिवालयको पहिलो बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ffgu2yRbZ9x5GUb, H0K8QVdOLPzh1r, Q09JlqNegEKA, cUMKcx6wIYy, 6ieXNa7GUHq6, ol6y3RNiNvP0pn5O, kPBK785JuPHKm8em, 9uvyUOHNPzHb1lth