लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय



२४ वैशाख, काठमाडौं ।
सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो । यसअघि मंगलबार बसेको उच्चस्तरिय समन्वय समितिको बैठकले लकडाउन थप्नु पर्ने सुझाव दिएको थियो। प्रधानमन्त्री केपी शर्मा ‌ओलीको उपस्थितिमा बसेको बैठकमा लकडाउनको मोडालिटीबारे प्रस्ताव ल्याइएको थियो।

तर प्रधानमन्त्री ओलीले भारतमा समेत कोरोना संक्रमण बढिरहेकाले तत्काल खुकुलो पार्न नसिने बताउदै आउनुभएको थियो । सरकारले चैत्र ११ गतेबाट लकडाउनको घोषणा गरेको थियो । आज लकडाउन घोषणा भएको ४४ दिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्