विवाद भएपछि बैठक चल्दाचल्दै बाहिरिए प्रधानमन्त्री ओली



२४ वैशाख, काठमाडौ ।
स्थायी समितिको एजेण्ड तय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा विवाद भएपछि प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली बैठक चल्दाचल्दै बाहिरिनुभएको छ । नेकपा केन्द्रीय सचिवालय बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि असन्तुष्टि जनाउदै प्रधानमन्त्री ओली बाहिरिएको बताइएको छ बैठकमा नेताहरुबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली आफ्नो शयनकक्षतर्फ लाग्नुभएको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली एक पद एक मुख्य जिम्मेवारीको विपक्षमा रहेका छन् तर बहुमत सचिवालय सदस्यहरु त्यसको कार्यान्वयन गर्ने पक्षमा छन् । सचिवालय बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । बिहीबार सो पार्टीको स्थायी समिति बैठक बस्दैछ । आज बिहान मात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामेदव गौतमबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्