जेठ २ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने



२५ वैशाख, काठमाडौं ।
लकडाउन जारी रहेपनि सरकारले जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । त्यसअघि संसदमा वैशाख २८,२९ र ३० गते प्रि बजेट छलफल हुने भएको छ। गत वर्ष सरकारको नीति तथा कार्यक्रम सुरुमा पेश गरिएको थियो।

तर यसपटक पहिला प्रि बजेट छलफल गर्न लागिएको हो। संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने हुन्छ। संसदको बजेट अधिवेशन भोलीबाट सुरु हुँदैछ। संसद बैठकमा सहभागी हुन सांसदहरुको कोरोना परीक्षण अनिवार्य गरिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको बिहीबार स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शुक्रबार आउनेछ। संसद बैठक सामाजिक दुरी कायम राखेर गर्ने तयारी सचिवालयको छ।

प्रतिक्रिया दिनुहोस्