७ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०९ पुगे



२७ वैशाख, काठमाडौं ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०९ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षीय महिला र कपिलबस्तुका १७, १८ र १८ नै वर्षका पुरुष रहेका छन् ।यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म कोरोना निको भएर घर फर्किनेको संख्या ३१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्