रामेछापको देउरालीमा ट्याकटर पल्टियो



२७ वैशाख, रामेछाप ।
खाद्यन्न सामाग्री लिएर मन्थलीबाट आखलढुंगातर्फ जादै गरेको ट्याक्टर पल्टिएको छ । ओखलढुंगा तर्फ हिडेको ना २ त ९२४१ नंबरको ट्याक्टर रामेछाप नगरपालिका–२ देउरालिमा दुर्घटनामा भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले खाद्ययन्न सामाग्री बोकेर हिडेको ट्याक्टर आज बिहान दुर्घटना भएको जानकारी दिनुभयो । उहाँका अनुसार टयाकटर दुर्घटना हुँदा करिब पाँच लखभन्दा बढीको क्षति भएको छ । के कारणले ट्याकर दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउदै पाठकले ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्