लकडाउनमा रामेछापबाट दैनिक एक सय सवारी साधनको आवतजावत



२७ वैशाख, रामेछाप ।
सरकारले लकडाउनलाई केही खुकुलो बनाएसँगै रोमछाप जिल्लाभित्र पनि विकास निर्माणको काम सुरु भएको छ । उद्योग धन्दा बैंक तथा वित्तिय संस्थाका शाखा आजबाट सञ्चालनमा आएका छन् । लकडाउनको अवधिमा अत्यावश्यकीय सवारी साधनसँगै विकास निर्माणका आयोजना सञ्चालनको लागि आवश्यक सवारी साधनहरु सञ्चालनमा छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी बसन्त पाठकले दैनिक रुपमा करिब एक सय भन्दा बढी सवारी साधनहरु जिल्ला भित्र्ने र बाहिरिने गरेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘छिमेकी जिल्लाले पनि लकडाउनलाई थप कडाई गरेको छ, अत्वश्यक सवारी साधनहरु नियमित रुपमा सञ्चालन हुँदै आएका छन, अहिले विकास निर्माणमा प्रयोग हुने सवारी साधन पनि सञ्चालनमा आएका छन् ।’

प्रतिक्रिया दिनुहोस्