एम्बुलेन्समै बच्चा जन्मिएपछि पढाउनदेखि विहेदानसम्म गरिदिने कान्छारामको घोषणा



२७ वैशाख, रामेछाप ।
रामेछापबाट सुत्केरी गराउन एम्बुलेन्स मार्फत काठमाडौं लैजाने क्रममा दुई महिनाले बाटोमै बच्चा जन्माएपछि निर्माण व्यवसायी एवं कांग्रेसका नेता पूर्णबहादुर तामाङले दुई बच्चको पढाइदेखि विहेदानसम्म गरिदिने घोषणा गर्नुभएको छ ।

रामेछाप नगरपालिका–७ सुकाजोरकी विन्दा बस्नेत र सुनापती गाउँपालिका–४ बेथानकी सर्मिला पाण्डेले बीच बाटोमै बच्चा जन्माएपछि तामाङले पढाइ खर्च, स्वास्थ्य उपचार खर्च र विवाह खर्च समेत वेर्होने घोषणा गर्नुभएको हो ।

बस्नेतले एम्बुलेन्समा लैजादै गर्दा मंगलटार कटेपछि एम्बुलेन्सभित्रै सकुशल छोरीलाई जन्म दिनुभएको थियो । तामाङले जिल्लामा निशुल्क रुपमा सहयोग गरेको एम्बुलेन्समा केही दिनअघि दुई जना महिलाले बाटोमै बच्चा जन्माएका थिए ।

तामाङले रामेछाप न्युजसँग भन्नुभयो,‘मैले दिएको एम्बुलेन्समा लकडाउनकै अवधिमा दुई महिनाले जन्माएको दुई बच्चाको पठनपाठनदेखि विवाहसम्म गरिदिने प्रतिबद्धता गरेको छु ।’ कान्छारामले जिल्लाका विभिन्न क्षेत्रमा एक दर्जन भन्दा बढी एम्बुलेन्स निशुल्क रुपमा प्रदान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्