रामेछापको खैरेनी नाकामा आजबाट शसस्त्र प्रहरीको अस्थायी चेकपोष्ट स्थापना



२८ वैशाख, रामेछाप ।
रामेछाप जिल्ला प्रवेश गर्ने मध्येका एक नाका खैरेनीघाटमा आजबाट सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्ट स्थापना भएर सञ्चालनमा आएको छ । रामेछापका मुख्य नाका अन्तर्गत रहेको रामेछाप–सिन्धुली जोडने खैरेनी नाकामा सुरक्षाकर्मीको उपस्थिति नहुँदा सवारी साधन लकडानको उल्लघन गर्दै प्रवेश गर्ने गरेका थिए ।

लकडाउनलाई प्रभावकारी बनाउन र उक्त नाकाबाट हुने गलत काम रोक्न जिल्ला प्रशासन कार्यालय चासो दिदै अस्थायी चेकपोष्ट स्थापना गरेको हो । रामेछापको खाँडादेवी गाउँपालिका, सुनापती गाउँपालिका, दोरम्बा गाउँपालिकामा यही नाका हुँदै सवारी आवात जावत गर्ने गरेका छन् । नेकपाका सुनापती गाउँपालिका युवा नेता राज मैनालीले शसस्त्र प्रहरीको चेकपोष्ट स्थापनाको व्यवस्थापन गर्ने कार्यमा  सहयोग गर्नुभएको  थियाे ।

गत बर्षबाट मात्र सञ्चालनमा आएको खैरेनीघाटको पुलमा सुरक्षकर्मीको उपस्थिति थिएन । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले अस्थायी पोष्ट स्थापना भएपछि अव खैरेनीघाट नाकाबाट लकडाउनको उल्लघन नहुने बताउनुभयो । अस्थायी पोष्टमा असईको कमाण्डमा दस जना शसस्त्र प्रहरी रहेका छन् । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको पहलमा खैरेनीघाटमा अस्थायी पोष्ट स्थापना गरिएको हो ।

तस्बीरः राज मैनाली

प्रतिक्रिया दिनुहोस्