थप १० जनामा भेटियो कोरोना भाइरस, संक्रमितको संख्या १२० पुग्यो



२९ वैशाख, काठमाडौं ।
नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ भने त्यसमध्ये ३३ जना निको भएर घर फर्किइकेका छन् ।

प्रतिक्रिया दिनुहोस्