काठमाडौ र भक्तपुरमा पनि भेटिए संक्रमित, कोरोना संक्रमितको संख्या २१७ पुग्यो



३० वैशाख, काठमाडौं ।
देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या २ सय १७ पुगेको छ । काठमाडौ र भक्तपुरमा पनि कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।यस्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सामा मात्रै १८ जना संक्रमित भेटिएका छन्। जसमा ६ जना पुरुष रहेका छन् भने १२ जना महिला रहेका छन्।

अधिकारीका अनुसार त्यसैगरि महोत्तरीमा १६ र ३५ वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै गरी काठमाडौंकी ३३ वर्षीया महिलालाई पनि कोरोना देखिएको छ। प्रदेश २ कै सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अधिकारीले बताए।

यसअघि आज नै नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये ३९ जना पर्साका छन् । यस्तै रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्