अब रामेछापबाट काठमाडौं जान गृह मन्त्रालयको स्वीकृती चाहिने



३१ बैशाख, काठमाडौं ।
गृह मन्त्रालयले जारी गरेको नयाँ नियम अनुसार अबदेखि रामेछापबाट काठमाडौं बिरामी लिएर जान पनि अनिवार्य रुपमा गृहमन्त्रालयको स्वीकृती चाहिने भएको छ । यसअघि बिरामीको हकमा जिल्ला प्रशासन कार्यालय रामेछापबाट जारी हुने पासले काठमाडौ जान पाइने गरिएको थियो ।

बिरामीको बहानामा अस्पतालको कागज र औषधीको कागज देखाएर पनि पास माग्ने संख्या बढेपछि गृहमन्त्रालयले मंगलवार एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने गरी सबै पास रद्द गर्ने निर्णय गरेको थियो । भोलीबाट लागू हुन नयाँ नियम अनुसार अब बिरामीको हकमा पनि अनिवार्य रुपमा कागतजात पेश गरेपछि मात्र काठमाडौ जान पास पाइनेछ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रामेछाप न्युजसँग भन्नुभयो,‘गृहमन्त्रालयबाट जारी भएको परिपत्र अुनसार अब बिरामीलाई पनि काठमाडौ लानको लागि गृहमन्त्रालय स्वीकृत कोर्ड अनिवार्य चाहिने छ ।’

उहाँले गम्भीर प्रकृतिका बिरामी बाहेकका व्यक्तिको हकमा मात्र अब पास जारी गरिने बताउदै काठमाडौ जाने बहानामा अनावश्यक भिड नगरिदिनुहुन अनुरोध गर्नुभयो । धेरैले पासको माग गर्दा वास्तविक बिरामीको हकमा समस्या पर्न सक्ने बताउदै प्रजिअ शर्माले विशेष अवस्थामा मात्र पास माग गर्न जिल्लावासीलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्