७७ जिल्ला प्रशासनबाट जारी सबै पास खारेज गर्ने गृह मन्त्रालयकाे निर्णय



१ जेठ, काठमाडाैं । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको छ । जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उनले बताए । प्रेसको हकमा सूचना विभागबाट जारी पासबाट आवगमन दिइने उनको भनाई छ ।

पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला गृहले यो निर्णय गरेको हो । हालसम्म देशभर २४६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्