पौडी खेल्ने क्रममा रामेछापको तामाकोसी नदीमा बालिका वेपत्ता (भिडियाेसहित)
१ जेठ, रामेछाप ।
रामेछापमा पौडी खेल्ने क्रममा आज दिउसो एक बालिका वेपत्ता भएकी छिन् । मन्थलीस्थित तामाकोसी नदीमा डुबेर ओखलढुंगा घर भएकी करिब १२ बर्षिय बालिका रोशीका तामाङ बेपत्ता भएकी हुन् ।
मन्थली नगरपालिका–२ को करमबोटस्थित झोलुङगे पुल भन्दा माथि जखनीटार मुनीबाट पौडी खेल्नेक्रमा बालिका वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी गरेपनि बालिको अवस्था पत्ता लाग्न सकेको छैन् । प्रमुख पाठकले अहिले पनि खोजी कार्य जारी भइरहेको बताउनुभयो ।
https://www.facebook.com/ROJHANROKA/videos/2817471278321968/