रामेछापको सबै नाकामा कडाई, पैदल यात्रु समेत कडा निगरानीमा



१ जेठ, रामेछाप ।
गृह मन्त्रालयको निर्देशनसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै नाकामा चेकजाँच कडा पारेको छ । अब कुनै अब कुनै पनि जिल्लाबाट आएका सवारी साधन रामेछाप भित्र्न कडाई गरिएको छ । जिल्लाका मुख्य नाकाहरुमा प्रहरीहरु परिचालन गरेर चेकचाँचको काम तीब्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशनसँगै पैदल हिडेर जिल्ला प्रवेश गर्ने यात्रुहरुमाथि समेत निगरानी बढाउदै चेकजाँच गरेर मात्र जिल्ला प्रवेश गर्न दिइएको छ ।

जिल्ला प्रशासनबाट जारी हुने सबै पास गृह मन्त्रालयले खारेज गर्ने निर्णय गरेसँगै रामेछाप जिल्लाभित्र सवारी साधनमाथि कडाई गरिएको छ । जिल्लामा प्रवेश गर्ने प्रत्येक नाकामा चेकजाँगमा कडाई गर्ने निर्णय गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा कुनै पनि जिल्लाबाट रामेछाप प्रवेश गर्न खोज्ने सवारी साधनले जिप्रका रामेछापको सहमति सहितको सवारी पास पेश गरेपछि मात्र प्रवेश पाउन छन् ।

प्रमुख जिल्ला अधिकार रुद्रदोवी शर्माको अध्यक्षमा बसेको जिल्ला स्तरीय क्राइसिस म्याजमेन्ट सेन्टरकोे बैठकले जिल्लाभित्र प्रवेश गर्ने जुनसुकै नाकामा चेकजाँच गर्दा पैदल यात्रीहरुलाई समेत सोधखोज गरी विवरण लिए शंकास्पद बिरामी देखिएमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्