कोरोना संक्रमितको संख्या बढेसँगै जारी लकडाउन फेरि थपिने



२ जेठ, काठमाडौं ।
देशभित्र कोरोना भाइरसका संक्रमितको संख्या बढेसँगै सरकारले जारी लकडाउनलाई थप्ने तयारी गरेको छ । शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा लकडाउन थप्ने निष्कर्ष निकालेको हो ।

लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञहरूलाई बोलाइएको थियो। सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित समितिका एक सदस्यले बताए । उनका अनुसार ‘अहिलेको अवस्थामा महामारी बढ्ने क्रम जारीनै रहेको बेला लकडाउन थप गर्ने सबैले सुझाव दिएका छन्, सोही सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराउछौं ।

ती सुझावलाई भोलि बस्ने समितिको बैठकमा छलफल गरिने र मन्त्रिपरिषद् बैठकमा पेश गर्नेछ । समितिको सुझावको आधारमा सरकारले लकडाउन एकदेखि दुई सातासम्म थप्ने तयारी गरेकाे बताइएकाे छ । लकडाउनको अवधि जेठ ५ गते सकिदैछ । त्यसैगरी छिमेकी देश भारतमा थप दुई साता लकडाउन लम्ब्याउने निर्णय भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्