पूर्वाधार रोजगार परियोजनाको सदस्यमा कान्छाराम



२ जेठ, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगानी पूर्वाधार र जोजगार दृष्टिकोण एवं दिगो परियोजना केन्द्रीत विशेष समिति गठन गरेको छ । विनोद चौधरीको संयोजकत्वमा गठित १५ सदस्यीय समितिको सदस्यमा नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्णबहादुर तामाङ कान्छारामलाई पनि सदस्यमा चयन हुनुभएको छ ।

निर्माण व्यवसायी समेत रहनुभएका कांग्रेस नेता कान्छारामले कोरोनाको पूर्वाधार क्षेत्रमा परेको असरकोको बारेमा रचनात्मक सुझाव दिएर भूमिका खेल्ने बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘मलाई पार्टीले विश्वास गरेर महत्वपूर्ण समितिको सदस्य बनाएको छ, पूर्वाधार निर्माणमा कोरोनाले पार्ने दिर्घकालिन असरको बारेमा थप नीति निर्माण गर्न आवश्यक छ ।’

समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालिन र दुरगामी रुपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन पश्चात् पार्टीको अर्थतन्त्र केन्द्रीत विशेष समितिलाई सुझाव दिने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्