फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७ पुग्यो



२ जेठ, काठमाडाैं । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर र दाङका गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।  याे सँगै नेपालमा संक्रमितकाे संख्या २ सय ६७ पुगेकाे स्वास्थ्य मन्त्रालयले बताएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा पर्साको वीरगन्ज निवासी १९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला रहेका छन् । यसैगरी उदयपुरको त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष तथा दाङको गढवा ४ र ५ तथा तुलसी–७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष तथा काठमाडौंको सतुंगल निवासी ७ वर्षीय बालकमा समेत कोरोनाको पुष्टि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्