धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकाे रिपोर्ट पनि पाेजेटिभ



३ जेठ, काठमाडाैं ।

कोभिड-१९ कोरोना भाइरसले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो व्यक्ति हुन्।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् । स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको कोरोना परीक्षण गर्दा आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

उनको बिहीबार राति मृत्यु भएको थियाे । उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । यसकाे बारेमा  अहिले ४ बजे स्वास्थ्य मन्त्रालयले प्रेस सम्मेलन गरेर जानकारी दिनेछ ।

प्रतिक्रिया दिनुहोस्