कोरोना संक्रमणको कारण नेपालमा दोस्रो व्यक्तिको मृत्यु



४ जेठ, काठमाडौं ।
नेपालमा दोस्रो व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ । क्वारेन्टाइनमा उपचार गराइरहेका बाँकेका २५ बर्षिय पुरुषको आज बिहान निधन भएको थियो । उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनी वैशाक ३० गते नेपाल आएका थिए । झाडा पखाला र ज्वरो आउने समस्याको कारण उनको निधन भएको बताइएको छ ।

हिजाे मात्र धुलिखेल अस्पतालमा एक महिलाकाे काेराेनाकाे कारणा मृत्यु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्