रामेछाप अस्पतालमा १५ जना आइसोलेसनमा भर्ना



५ जेठ, रामेछाप ।
कोरोना भाइरसको आशंकामा जिल्ला अस्पताल रामेछापमा १४ जनालाई आइसोलेसनमा भर्ना गरिएको छ । सीमा नाकामा नागरिकहरुको स्वास्थ्य चेकजाँच गर्न खएिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई आइसोलेसनमा भर्ना गरिएको हो । भर्ना हुनेमा नौ जना स्वास्थ्यकर्मी, चार जना सुरक्षाकर्मी र एक जना ज्वरोको बिरामी रहेका छन् ।

जिल्ला अस्पतालका डा. आनन्द आचार्यले आइसोलेसनमा भर्ना भएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको अवस्था सामान्य रहेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘हेल्थ डेक्समा रहेर स्वास्थ्य चेकजाँच गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको छ, एक जना ज्वरोका बिरामीलाई पनि आइसोलेसनमा भर्ना गरिएको छ ।’

जिल्ला अस्पतालले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको आरडिटी परीक्षणको काम सुरु गरेको छ । यसअघि कोरोनाको आशंकामा जिल्ला अस्पतालमा आइसोलेसनमा भर्ना गएका चार जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्