रामेछापको बडा हाकिमको कार्यालयमा बम प्रहार गर्ने प्रजातान्त्रिक सेनानी ढुंगेलको निधन



५ जेठ, काठमाडौं ।
नेपालको प्रजातान्त्रिक आन्दोलनकासेनानी सेनानी रुद्र प्रसाद ढुंगेलको आज निधन भएको छ । रामेछाप खाँडादेवी गाउँपालिका–५ निवासी नेपाली कांग्रेसका नेता समेत रहनुभएका प्राजातान्त्रिक आन्दोलनका योद्धा ढुंगेलको ८२ बर्षको उमेरमा आज काठमाडौमा उपचारको क्रममा निधन भएको हो ।
पञ्चालत विरुद्धको आन्दोलनमा लागे बापत २०१५ सालमा पक्राउ पुर्जी जारी भएपछि करिब ८ बर्ष निर्वासित जीवन विताउनु भएका ढुंगेलले गुरिल्ला तालिम लिनुभएको थियो । स्वर्गीय नेता पद्यमशकंर अधिकारीको नेतृत्वमा मेलुङ अड्डा चरिकोट अड्डा आक्रमणमा सहभागी हुनुभएको थियो । ढुंगेलले रामेछापको बडा हाकिमको अड्डामा बम समेत हान्नुभएको थियो ।
सानैदेखि विद्रो स्वभावका ढुंगेलले आफ्नो राजनीतिक जीवनमा कहिले पनि पदको लागि लडनु भएन । पञ्चालयतको विरुद्ध लाग्दा पटक–पटक जेल जीवन विताउनुभएका ढुंगेललाई तत्कालिन सरकारले निकै ठूलो यातना समेत दिएको थियो । उहाँको श्रीमती, एक छोरा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्