ढुंगेलको निधनप्रति कांग्रेस रामेछापद्धारा दुःख व्यक्त



५ जेठ, रामेछाप ।
नेपालको प्राजातान्त्रिक आन्दोलनको सेनानी एवं नेपाली कांग्रेसका नेता रुद्र प्रसाद ढुंगेलको निधनप्रति नेपाली कांग्रेस रामेछापले दुःख व्यक्त गरेको छ । रामेछाप कांग्रेसले राजनीतिमा आफने सबै जीवन समर्पण गर्नुभएका प्रजातान्त्रिका आन्दोलनका योद्धा ढुंगेलको निधनले अपुरणिय क्षति भएको बताएको छ ।
नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीद्धारा जारी शोक विज्ञप्तीमा भनिएको छ, पार्टीका नेता ढुंगेलले पदलाई कहिले पनि महत्व नदिनु भएका प्रजातान्त्रिक यौद्धा ढुंगेलको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभएको छ ।

पटक पटक जेल जीवित विताउनुको साथै ८ बर्ष निर्वासित जीवत विताउनु भएका ढुंगेलको आज ८२ बर्षको उमेरमा काठमाडौमा उपचारको क्रममा निधन भएको हो । विज्ञप्तीमाा भनिएको छ, ढुंगेलको निधनले कांग्रेसलाई अपुरणिय क्षति पुगेको छ, यस शोकको घडीमा उहाँको निधनप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनहरुमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ ।

कोरोना संक्रमणको त्रासको कारण ढुंगेलको अन्त्यष्टिमा सहभागी हुन नसकेकोप्रति सचिव कार्कीले क्षमायाचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्