मन्त्री ढुंगेलद्धारा प्रजातान्त्रिक योद्धा रुद्रप्रसाद ढुंगेलप्रति श्रद्धान्जली व्यक्त



५ जेठ, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले प्रजातान्त्रिक योद्धा रुद्र प्रसाद ढुंगेलप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको छ । स्वर्गीय रुद्रप्रसाद ढुंगेल नाताले मन्त्री ढुंगेलका दाई हुनुहुन्छ ।

काठमाडौंको कुलेश्वरस्थित आफ्नै डेरामा आज निधन भएपछि श्रद्धान्जली दिन हेडौडाबाट काठमाडौं आउनुभएका मन्त्री ढुंगेलले पशुपति पुगेर अन्तिम श्रद्धान्जली व्यक्त गर्नुभएको हो ।
श्रद्धान्जली दिदै नेकपा रामेछापका सह–इन्चार्ज समेत रहनुभएका मन्त्री ढुंगेलले लोकतान्त्रिक आन्दोलनले एक अथक योद्धा गुमाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘आदरणीय दाई रुद्र प्रसाद ढुंगेल हाम्रो परिवारको एक असल अभिावका ,अग्रज राजनीतिक व्यक्रि हुनुुहुनथ्यो, आज उहाँले हामीहरुलाइ छोडेर जानुभयो । यस दुखद घडिमा उहाँप्रति हार्दिशक श्रद्धान्जली व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्