नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्यो



५ जेठ, काठमाडाैं ।

सोमबार राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । अब कोरोनाको प्रवेश कर्णाली प्रदेशमा पनि भएको छ । आज दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्