लिपियाधुरा लिपुलेक र कालापानी हाम्रो भूमि हो फिर्ता ल्याउछौः प्रधानमन्त्री ओली



६ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपियाधुरा लिपुलेक र कालापानी नेपालको भूमि भएकाले फिर्ता ल्याउने बताउनुभएको छ । उहाँले लिपियाधुरा, लिपुलेक कालापानी नेपालको भूमि भएको बताउनुभएको हो । नीति तथा कार्यक्रममाथि संसदमा उठाएको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ जगगणना र तिरो उठाउने काम भएको थियो । तिरो उठाउने र जान नदिने रोक्ने काम भए । भारतीय सेना कालापानीमा बसेपछि त्यहाँ भन्दा ब्लग भयो । यति बेला शासनकले पहल नगर्दा ओझेलमा पर्यो ।’

अब लिपियाधुरा, कालापानी, लिपुलेक सेलाउन नपाउने बताउदै उहाँले थप्नुभयो,हाम्रो भूभाग हामी फिर्ता लिएर छोडछौ । कोही रिसाउछ कि भन्ने कुरा छैन, कुटनीतिक वार्ताको माध्यबाट वार्ता गरिन्छ । यही अठोटका साथ नीति तथा कार्यक्रममा प्रस्तुत गरेका हौ, यो कुनै तमासा गरिएको होइन, यो यर्थाथमा फिर्ता ल्याउनको लागि गरिएको हो ।’

प्रतिक्रिया दिनुहोस्