रामेछापमा आइसोलेसनमा भर्ना भएका सबैको रिपोर्ट नेगेटिभ



६ जेठ, रामेछाप ।
कोरोना भाइरसको आशंकामा जिल्ला अस्पताल रामेछापमा आइसोलेस भर्ना भएका १४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । फ्रन्टलाइनमा खटिएका १४ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाब संकलन गरेर परीक्षणको लागि टेकुमा पठाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका डा. आनन्द आचार्यले सबैको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘रामेछापबाट स्वाब संकलन गरेर पठाएका सबैको रिपोर्ट नेगेटिभ आएको छ, आज रामेछापका एक जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको रामेछाप घर भएर काठमाडौमा नै बसोबास गर्दै आएका व्यक्ति भएको जानकारी आएको छ ।’

प्रतिक्रिया दिनुहोस्