रामेछापका कोरोना संक्रमित खाँडादेवी गाउँपालिका पुरुष रहेको पुष्टि, राकाथुममा राती नै सिल



७ जेठ, रामेछाप ।
रामेछापका कोरोना संक्रमित भएका व्यक्ति खाँडादेवी गाउँपालिका–१ राकाथुमका २३ बर्षिय पुरुष रहेको पत्ता लागेको छ । स्वास्थ्य मन्त्रालयले रामेछापका एक व्यक्तिमा कोरोना संक्रमिता भएको पुष्टि गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछाप र स्थानीय तहका जनप्रतिनिधिहरुले निकै खोजी गरेपछि राती अबेर मात्र उनको बारेमा पत्ता लागेको थियो ।

रामेछापबाट संक्रमित व्यक्ति बैशाख ३० गते काठमाडौ गएको खुलेको छ । उनको ठेगाना पत्ता लागे लगत्तै जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक टोली रोकाथुम पुगेर राती नै १५ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि काठमाडौ पठाइएको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

चैत्र ११ गते लकडाउन घोषणा भएसँगै काठमाडौको एक होटलमा काम गर्ने ती व्यक्ति गाउँ फर्किएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले कोरोना संक्रमित व्यक्तिको टेकु अस्प्तालमा आइसालेसनमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्