रामेछापका एक युवालाई कोरोना संक्रमणः उच्च सतर्कता अपनाउन रामेछापवासीलाई जिप्रकाको ९ बुँदे आग्रह



८ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित धारापानीका २३ बर्षिय एक युवकलाई कोरोनासंक्रमण भएपछि रामेछाप जिल्लामा उच्च शतर्कता अपनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना संक्रमित भएका परिवारलाई क्वारेन्टाइनमा राख्ने काम गर्दै सीमा नाकामा चेकजाँच कडाई गरेको छ । हिजो ती युवकलाई कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेसँगै जिप्रका रामेछापले संक्रमित व्यक्तिको ठेगाना पत्ता लगाएर राती ती परिवारका सदस्य र छिमेकी सहित १५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न राती नै काठमाडौं पठाएको छ ।
कोरोना संक्रमण भएको पुष्टि भएको वीस घण्टापछि आज स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहयोगमा संक्रमित युवालाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनको टेकु अस्पतालको ७ नम्बर बेडमा भर्ना गरेर उपचार सुरु गरिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कारोना संक्रमित भएको व्यक्तिको घर र आसपासको क्षेत्रलाई स्वास्थ्य सतर्कताको लागि स्वाब संकलित व्यक्तिहरुको पिसिआर रिपोर्ट नआएसम्लाई सिल गर्ने निर्णय गरेको बताउनुभो । उहाँले आसपासका क्षेत्रका बासिन्दाहरुलाई संयमित र सर्तक हुन आग्रह गर्नुभएको छ । उहाँका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिको परिवारालई क्वारेन्टाइनमा राखिएको छ ।
सिल गरिएको आसपासको क्षेत्रमा स्वास्थ्य संवेदनशिलतालाई मध्यनगर गर्दै उक्त स्थानमा एम्बुलेन्स बाहेकका कुनै पनि सवारी साधन आवत जावत गर्न प्रतिबन्ध लगाएको प्रजिअ शर्माले बताउनुभयो । त्यसैगरी प्रशासन कार्यालयले रामेछापको खैरेनीनाका हुँदै सवारी साधन प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
संक्रमित व्यक्ति लकडाउन सुरु भएपछि चैत्र ११ घर आएर वैशाक ३० गते काठमाडौ फर्किएका थिए । संक्रमित व्यक्तिलाई घरबेटीले कोरोना परीक्षण गर्न आग्रह गरेपछि जेठ २ गते संक्रमित व्यक्ति र उनका भाई टेकुमा कोरोना परीक्षण गराउन गएका थिए । संक्रमित व्यक्तिका अनुसार उनका भाईको रिपोर्ट आउन बाँकी रहेको छ ।
यस्तो जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा जारी नौ बुँदे  अाग्रहः

 

प्रतिक्रिया दिनुहोस्