रामेछापका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएपछि मैतीदेवी क्षेत्रमा सिल



८ जेठ, काठमाडौं ।
मैतीदेवीमा रामेछापका कोराना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले संक्रमण पुष्टि भएसँगै ती युवालाई उपचारको लागि आज बिहान टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।

मैतिदेवीमा डेरा गरी बस्ने रामेछापका दुई युवामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ।कमलपोखरी प्रहरी बृत्तले अहिले त्यो क्षेत्र सिल गरेको छ। संक्रमित युवा रामेछापको भएको र उनी वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मैतीदेवी मन्दिर देखि प्रहरी बिटसम्मको क्षेत्रमा सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्