कोरोनाबाट नेपालमा तेस्रो ब्यक्तिको मृत्यु



८ जेठ, काठमाडाैं ।

कोरोनाभाइरसबाट सङ्क्रमित गुल्मीका ४१ वर्षीय पुरुषको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको छ।प्रदेश नं ५ को प्रादेशिक सामाजिक विकास मन्त्रालयले एक विज्ञप्तिमा उनको बिहीवार बिहान निधन भएको पुष्टि गरेको हो।सामाजिक विकासमन्त्री सुदर्शन बरालले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ,उहाँलाई बचाउन अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौँ ।’

यो सँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४४४ छ ।

जेठ १ गते ज्वरो र टाउको दुखाइको समस्या लिएर रुपन्देहीको क्रिमसन अस्पतालमा पुगेको उनको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनको स्वाब प्रादेशिक प्रयोगशालामा परिक्षण गर्दा जेठ ५ गते कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले भेन्टीलेटरमा उपचार गरिएका उनको बिहीवार बिहान ७ बजेर १० मिनेट जाँदा निधन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्