रामेछाप राकाथुमका सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँमा खुसीयाली



८ जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमको धारापानीका एक युवलाई कोरोना संक्रमण भएपनि उनको परिवारको रिपोर्ट नेगेटिभ आएको छ । मंगलवार राकाथुमका २३ बर्षिय युवकलाई कोरोना भाइरसको पुष्टि भएपछि त्यही दिन राती नै उनको परिवारका र छिमेकी सहित १५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न टेकु पठाइएको थियो । जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले स्वाब संकलन गरिएका सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको रामेछाप न्युजलाई बताउनुभयो ।
खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडाअध्यक्ष विष्णु श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएपछि गाउँमा खुसीयाली छाएको बताउनुभयो । उहाँले कोरोना संक्रमण फैलिन नदिन अब काठमाडौ आउने जाने व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको बताउनुभयो ।
कोरोना संक्रमण भएको पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले धारापानी बस्ती सिल गरेर निगरानी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्