रामेछापमा तीन जनाको आरडिटी रिपोर्ट पोजेटिभः स्वाब संकलन गरेर काठमाडौं पठाइदै



९ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा ३ जनामा आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । जिल्लाभित्र आरडिटी परीक्षणको कामलाई तीब्रता दिइरहेको बेला तीन जनाको परीक्षणमा आरडिटी पोजेटिभ देखिएको हो ।
शुक्रबार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट गरिएको परीक्षणमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । आरडिटी रिपोर्ट पोजेटिभ आउनेमा २ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी रहेको उहाँले जानकारी दिनुभयो ।

आरडिटी परीक्षणमा पोजेटिभ देखिएका तीनै जनाको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौ पठाउने तयारी गरिएको जिल्ला अस्पताल रामेछापका डा. आनन्द आचार्यले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘कोरोनाको आशका गरिएका तीन जनालाई नै जिल्ला अस्पताल रामेछापमा आइसोलेसनमा राखेर उपचार गरिन्छ, हामी तीन जनालाई नै अस्पताल ल्याउने तयारी गरिरहेका छौ, रिपोर्ट आएपछि मात्र कोरोना भएको हो कि होइन थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्