हेर्दाहेदै क्षणभरमै खरानी भयो रामेछाप डप्खाका नबिन माझीको घर (भिडियोसहित)



९ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित डफ्खामा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । विहिवार राती विद्युत सर्ट हुँदा नविन माझीको घर आगलागी भएर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।

विद्युत वायरिङ गरेर तार पग्लिएर आगलागी भएको खाँडादेवी गाउँपालिका–३ भिरपानीका वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पसल समेत सञ्चालन गर्दै आएका माझीको आगालागीबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएकोछ । आगलागी भएपछि विचल्निीमा परेका माझीको परिवारले वडा कार्यालयले खाद्यन्न र त्रिपाल उपलब्ध गराएको छ ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो,‘तत्कालको लागि बस्ने र खाने व्यवस्था गरेका छौ, स्थायी बसोबासको लागि वडा कार्यालयले जस्ता उपलब्ध गराउछ ।’  तस्बीर सौजन्यः भिम श्रेष्ठ

यसरी भएको आगलागीः

 

प्रतिक्रिया दिनुहोस्