नेपालमा फेरि थप ३२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि



१० जेठ, काठमाडौं । नेपाल शनिबार थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।
हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्