लिखु तामाकाेसी गाउँपालिकामा नियम अनुसार नै एम्बुलेन्स चलाएका छौंः अध्यक्ष खड्का
९ जेठ, रामेछाप ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले गाउँपालिकाले सञ्चालन गरेको दुई वटा एम्बुलेन्स नियम र विधि अनुसार नै सञ्चालन भएको दावी गर्नुभएको छ । रामेछाप न्युजले ‘लिखु तामाकोसी गाउँपालिकामा फेरि एम्बुलेन्स काण्ड’ शीर्षकमा समाचार प्रकाशित गरेपछि अध्यक्ष खड्काले केही वडा अध्यक्षहरुले अनावश्यक रुपमा आफू विरुद्ध लागेको बताउनुभयो ।
अध्यक्ष खडकाले कार्यपालिकाको निर्णय अनुसार नै दुई बर्षदेखि आफ्नो अध्यक्षतामा निशुल्क रुपमा एम्बुलेन्स सञ्चालन हुँदै आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाले निशुल्क रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स सञ्चालनको खर्च एक बर्षदेखि मैले नै बेर्होदै आएको छु, अझै पनि जनतालाई म व्यक्तिगत खर्च हालेर भएपनि निशुल्क रुपमा एम्बुलेन्स सेवा दिन्छ ।’
एम्बुलेन्स सञ्चालन गर्न त हाइड्रोपावरले तल हालिदिएको छ भन्ने आरोप छ नि भन्ने जिज्ञासामा अध्यक्ष खड्काले तेल खर्च पनि आपूmले नै बेर्होदै आएको बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोनाले सृजना गरेको अवस्था, विकास आयोजना सुचारु गर्ने विषयमा निर्णय गर्न बसेको बैठकमा वडाअध्यक्ष शिव न्यौपानले दुई अघिको विवाद झिकेपछि विवाद भएको हो ।’ तपाईले बैठकमै मोबाइल निकालेर न्यौपानले बोलेको भिडियो खिच्नुभयो भन्छन भन्न प्रश्नमा अध्यक्ष खडकाले भन्नुभयो,‘हो मैले मोबाइल निकालेर भिडियो खिचेको हुँ ।’