भारतले नेपालको भूमि कुनैपनि हालतमा फिर्ता गर्नुपर्छः मन्त्री ढुंगेल



१० जेठ, काठमाडौं ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सरकारले जारी गरेको नयाँ ऐतिहासिक कदम भएको बताउनुभएको छ । उहाँले नेपाल सरकारसँग रहेको तथ्य र प्रमाणको आधारमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता हुने बताउनुभयो । नेकपाका केन्द्रीय सदस्य एवं रामेछापका सह–इन्चार्ज समेत रहनुभएका मन्त्री ढुंगेलले यस पटक भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याएरै छोडने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले रामेछाप न्युजसँग कुराकानी गर्दै भन्नुभयो,‘सरकारले नेपालको भूमि समावेश गरेर नयाँ नक्सा जारी गरिसकेको छ, निशान छाप संशोधन गर्न संविधान संशोधनको प्रस्ताव दर्ता गराइसकेको छ, कुटनीतिक रुपमा पनि संवाद अगाडि बढाएको छ, नेपालले देशको भूमि फिर्ता ल्याउन दृढताको साथ वार्ता र संवाद गर्छ ।’

नेपाल सरकारले आफू भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेर नयाँ नक्सा जारी गरिसकेको अवस्थामा भारतले अतिक्रमण गरेको नेपाल भूमि फिर्ता नगरी धर नपाउने बताउनुभयो । सरकारले कुटनीतिक वार्तालाई प्राथमिता दिएको छ, अहिलेको समस्याको समाधान कुटनीतिक वार्ता नै हो, उहाँले भन्नुभयो ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सहासपूर्ण काम गरेको बताउदै अब छिमेकी देश भारतले मिचाहा सोचलाई त्यागेर नेपाल सरकारले गरेको निर्णयलाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । हामीले सीमानामा कुनै विवाद नझिकेको बताउदै मन्त्री ढंगेलले नेपाल सरकारले गरेको निर्णय भारत सरकारले स्वीकार गर्दैन भने संयक्त राष्ट्रसंघम्म सीमाको मुद्दा लिएर पुग्ने बताउनुभयो ।

देशको भूमि फिर्ता ल्याउन सरकार, संसद, राजनीतिक दल र सिंगो जनता एकताबद्ध भएको उल्लेख गर्दै गर्दै सिंगो राष्ट्र एकताबद्ध भएर लागेपछि देशको अतिक्रमित भूमि फिर्ता हुने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय मिडियाले नेपालको विरोध गर्नुको अर्थ नभएको बताउदै उहाँले तथ्य र प्रमाणसहित वार्ताको टेबुलमा सबेपछि सबै कुराको छिनोफानो हुने बताउनुभयो । ‘हामीले भारतको भूमि अतिक्रमण गरेका छैनौ, हामीलाई भारतको एक इन्च पनि भूमि चाहिदैन, हाम्रो पनि एक इन्च भूमि दिदैनौ’, मन्त्री ढुंगेलले भन्नुभयो,‘हाम्रो देशको भूमि समावेश गरेर नयाँ नक्सा जारी गर्दा भारतले आपत्ति जनाउनुको कुनै अर्थ छैन ।’
विगतमा कसले के गर्यो भनेर अल्झिने बेला नभएको बताउदै उहाँले सरकारले नेपालको भूमि फिर्ता ल्याउन चालेको नीति र निर्णयको पक्षमा सबै नागरिक एकतबद्ध भएर लाग्नु पर्ने बेला आएको बताउनुभयो । ‘राष्ट्र र राष्ट्रियता भन्दा ठूलो अरु केही हुन सक्दैन’,उहाँले भन्नुभयो,‘देशको भूमि फिर्ता ल्याउने सरकारको निर्णयमा सिंगो एकताबद्ध भएर तन मन र बचनबाट लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्