नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाध्यो



११ जेठ, काठमाडौं । आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ भने हालसम्म ८७ जनाले कोरोना जितेका छन् । यस्तै ३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्