थप ७२ जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा संक्रमितको संख्या ६ सय ७५ पुग्यो



१२ जेठ, काठमाडौ ।
नेपालमा सोमबार ७२ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दैका काठमाडौंको टोखा र बुढानिलकण्ठमा ३ सहित ७२ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौंको टोखा नगरपालिका( ३ र ६ मा दुई जना र बुढानिलकण्ठ(३ मा एक जनालाई कोरोना संक्रमण देखिएको हो।

सोमबार धनुषामा ३, कपिलवस्तुमा ३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । नेपालमा कोरोना संक्रमणको कारण तीन जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्