नेपालमा कोरोनाभाइरसबाट चौथो व्यक्तिको मृत्यु भएको पुष्टि



१२ जेठ, काठमाडौं ।

नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ। वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।

७० वर्षीय ती वृद्ध मृगौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए। नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले ती वृद्धको स्वाब जाँच्दा कोरोना पोजेटिभ आएको देखिएपछि शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएदा रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने आज पोजेटिभ आएको उपाध्यायले बताउनुभयो । मृतकको परिवारले दाहासंस्कार गरिसकेका छन् ।
यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्