बागमती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै



१२ जेठ, काठमाडौं ।

बागमती प्रदेशको ठौँछै बजेट अधिवेशन आजबाट सुरु हुनेछ । आज दिउसो २ बजे बैठक बस्न लागेको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेश सरकारद्धारा आगामी बजेटका लागि प्रस्तुत गरिने आर्थिक पक्षको सैद्दान्तिक विषयमा छलफलको लागि विधेयक प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले बताएको छ ।

आर्थिक विधेयक माथि जेठ १२ गते सोमबार र १३ गते मंगलबार छलफल हुने रामेछापका प्रदेश सांसद शान्ति पौडेलले बताउनुभो । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई मध्येनजर गरी बैठक सभा कक्षमा आवश्यक सामाजिक दुरीका साथै सुरक्षा सावधानी अपनाइएको छ ।

प्रदेशसभाको बैठकको लागि सभा कक्षमा सामाजिका दुरी कायम गरी बस्ने कुर्सीको र सेनिटाइजरको व्यवस्था मिलाइएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । संसद प्रवेश गर्नुअघि सबै सांसदहरुको पिसिआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्