एउटै कोठामा बस्ने रामेछापका कोरोना संक्रमितको भाईको रिपोर्ट नेगेटिभ



१२ जेठ, काठमाडौं ।
रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुम धारापानीका २३ बर्षिय एक युवकलाई कोराना भाइरस पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् । तर जेठ २ गते एकसाथ कोरोना परीक्षण गर्न पुगेका संक्रमितका आफ्नै भाईको रिपोर्ट भने नेगेटिभ आएको टेकु अस्पालतले बताएको छ ।

कोरोना संक्रमितका भाइका रिपोर्ट नेगेटिभ आएपछि हाल उनी मैतीदेवीस्थित आफ्नै कोठामा बस्दै आएको छ । कोरोना संक्रमित देखिएका घरवेटीको पनि रिपोर्ट नेगेटिभ आएको छ । हाल पाटन अस्पतालको ७ नम्बर बेडको आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित व्यक्तिले पनि आफ्नो भाइको रिपोर्ट नेगेटिभ आएको रामेछाप न्युजलाई बताए ।

उनले भने,‘हामी दुई भाई वैशाक ३० गतेदेखि जेठ २ गतेसम्म एउटै कोठामा बसेको हो, हामी पालैपालो खाना बनाउथ्यौ, हामीले शौचालय पनि एउटै प्रयोग गरेका थियौ ।’ एकै पटक हामीले कोरोना परीक्षण गराएपछि भाइको रिपोर्ट भने तीन दिनपछि मात्र आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्