बागमती प्रदेशको नीतिः मेरो गाउँ मै बनाउछु, बाँजो बारी मै फुटाउछु



१२ जेठ, हेटौडा ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी बर्ष २०७७/०७८ को विनियोजन विधेयक सिद्धान्त तथा प्राथमिता प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको छ । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राष्ट्रिय अथतन्त्र बलियो बनाउने गरी प्राथमिकता र सिद्धान्त बैठकमा प्रस्तुत गर्नुभएको हो ।

मन्त्री ढुंगेलले बागमती प्रदेश सरकारको प्राथमिता कृषि, स्वास्थ्य, रोजगारी सृजना गर्ने उद्योग र पूर्वाधार भएको विषय उल्लेख गर्नुभएको छ । उहाँले युवा शक्तिलाई स्वदेशमै रोजगारी सृजना गर्न पुँजी रप्रविधिको अधिकतम प्रयोग गरेर मात्र देशको अर्थतन्त्र बलियो बनाउन सक्ने बताउनुभयो । मन्त्री ढुंगेलले भन्नुभयो,‘अब ग्रामिण क्षेत्रमा हुने विकास निर्माण दिगो हुन्छ, अहिले धमाधम नागरिकहरु गाउँ फर्किएका छन, दुःख पर्दा गाउँ नै चाहिन्छ भन्ने भन्न विषय थप पुष्टि भएको छ, मेरो गाउँ मै बनाउछु, बाँजो बारी मै फुटाउछु भन्ने सिद्धान्तमा आधारित हुनेछ ।’
कृषि क्षेत्रमा बागमती प्रदेशलाई आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रम र बजेट आउने बताउदै विदेशका युवालाई समेत अब स्वदेश आउदा रोजगारी सृजना गर्ने गरी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले योजना बैंकबाट मात्र योजना छनौट हुने बताउदै विकासलाई प्राथमिकिरण गरेर मात्र अगाडि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्