रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या फेरि बढयो



१३ जेठ, काठमाडौं ।
लकडाउनको बीचमा राजधानी काठमाडौं र छिमेकी देश भारतबाट घर फर्किएपछि रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या बढेको छ । एक साताको बीचमा होम अस्पतालले तयार गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्नेको संख्यामा बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापले क्वारेन्टाइनमा बस्नेको संख्या केही दिनयता बढदै गएको बताएको छ । अस्पतालका प्रमुख जितेन्द्र कर्णका अनुसार जिल्लाको ८ वटा स्थानीय तहमा गरी १ सय १२ जना क्वारेन्टाइनमा बसेका छन् ।

सुनापति गाउँपालिकामा २ जना , दोरम्बा गाउँपालिकामा ३ जना, खाँडादेवी गाउँपालिकामा २० जना, मन्थली नगरपालिकामा २२ जना , रामेछाप नगरपालिकामा ७ जना , गोकुलगंगा गाउँपालिकामा १६ जना , अहिले उमाकुण्ड गाउँपाकिलामा २२ जना र लिखुतामाकोशी गाउँपालिकामा २० जना गरी १ सय १२ जनालाई क्वारेन्टिनमा राखिएको प्रमुख कर्णले जानकारी दिनुभयो । लकडाउनको बीचमै स्थानीय तहको पहलमा करिब १० हजार भन्दा बढी नागरिकहरु रामेछाप भित्रिएका छन् । अधिकाशं व्यक्तिहरु हाल होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्